धर्म र विश्वास संबन्धी केहि प्रश्नहरु र उत्तरहरु
किन अमेरिकन धर्म/ईश्वर मान्नु भाको ?
पहिलो कुरो धर्म कुनै देश वा जातिको हुदैन/ इश्वर कुनै एक जाति वा देशको हुदैन। येशू चाही अमेरिकन होइन, उहाँ एसिया महादेशमा जन्मनु भयो ।
गाई खाने धर्म ? किन मान्नु भयो ?
येशुले खाने र नखाने कुरोलाई तेती जोड दिनु भयन । परमेश्वरलाई बिस्वास गर्नेले गाई खानु पर्दैन १ को. १०:३१यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।/ रोमी १४:३ खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ। ख्रिष्टियनहरु साहाकारी पनि हुन्छन सबैले मासु खादैनन् ।
येशू मात्रै किन?
परमेश्वर यो संसार मानिसको रुप लियर यस् धर्तिमा(Theophany), येहुन्ना १:१... येशू पर्मेश्वोरको प्रिय पुत्रहुहुन्छ । लुका ४:४१ धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे।, मर्कुस ३:११ जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”, यहुन्ना ११:२७, तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ।” । येशूले भन्नु भयो बाटो सत्य र जीवन म नै हुँ म बाहेक कोहि पनि स्वर्ग वा पिताकोमा प्रवेश पाउने छैन ।
कर्म गरे स्वर्ग जान पाईन्न र ?
मानिसले स्वर्ग जानको लागि काम गरेर मात्र वा कर्मले मात्र जान सक्दैन । हिब्रु ११:६ विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। मानिसको दर्सन चाही बाल्य अवस्थामा गरिने कर्म, युवा अबस्थामा गरिने कर्म, बृद्ध अबस्थामा गरिने कर्मको कारण मानिस स्वर्ग जान सकिन्छ भन्ने सम्झन्छन तर यस्तो होईन ।
तपाईहरु मुर्तिपुजा किन गर्नुहुन्न ?
सबै देउउता एउटै हो, नाम मात्र फरक हो?
किन बलिदान चढाउदैनन् ?
पूरानो नियम अनुसार बलिदल आबश्यक थियो किनकि परमेश्वरले बलिदानको सुरुगर्नु भयो । उत्पति ३:२१ परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो । यो पद अनुसार परमेश्वरले नै बलिदान सुरुगर्नु भयो र अन्त्य पनि प्रभू येशू द्वारा उहाँले पुरा गर्नु भयो । १ शामुयल १५:२२ ले भन्छ, तर शमूएलले भने,“होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो। जब प्रभू येशुले क्रुसमा आफ्नो बलिदान गरि रगत बगाउनु भयो त्यो नै अन्तिम बलिदान भयो । हिब्रु ९: ११ जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान् र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन। १२ बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। १३ बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्छ भने, १४ ख्रीष्टको रगतले त झन् कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निष्खोट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभयो ।
टिका किन नलगाउने ?
रिती रिवाज किन नगर्ने ?
रिति रिवाज मानिसले निर्माण गरेको हो । सबै रितिरिवाज गलत हुदैन त्यस् कारण पनि केहि रितिरिवाज हामी मान्छौ ।
जुन बाटो गय पनि एउटै हो ?
जुन बाटो गय पनि एकै ठाउँ पुग्दैन किनकि सागरमाथको चार ओटा पाटो छन् सबै पाटो बाट सगरमाथा पुग्न सकिन्न त्यहाँ पुग्न नेपालको बेस क्याम्प बाट चड्नु पर्छ ।यूहन्ना १४:६ येशुले भन्नु भयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
डलरको धर्म ?
यो बिस्वब्यापी समस्या हो । सबैले लगाउने आरोप हो यो । यो समस्या रोमी सम्राट कन्स्टनटाईन महान बाट सुरु भयो किनकि उनि प्रभू येशूलाई बिस्वास गरे पछी समस्त क्रिस्टियनहरुलाई धेरै सुबिधा दिन थाले र ठुलो पद र ओहोदामा राखे फल स्वरूप मानिसको आरोप क्रिस्टियन भय पछी सबै सुभिधा पाईन्छ भन्ने बुझे । अबस्य पनि एक सत्य चाहिं के हो भने क्रिस्टियनहरु प्रेम गर्ने मानिस भयकोले उनीहरुले सहयोग गर्ने गर्छन । येशूले भन्नु भयो, यूहुन्ना १३:३४, “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर। ३५,यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” यो हामी मानिस जातिलाई दीइयको नंया आज्ञा हो । यसै कारण हामी ख्रिष्ट्रियनहरु माथि यो आरोप लाग्ने गर्दछ ।
येशू ख्रिस्ट भनेको के हो ? को हुनुहुन्छ ?
धेरै मानिसलाई येशू ख्रिस्ट भनेको के हो भन्ने लाग्न सक्छ, यो अंग्रेजी शब्द्ध Jesus Christ/Messiah हो । येशूको अर्थ मुक्तिदाता र ख्रिस्ट भनेको अभिषिक्त हो, उहाँ एक अभिषिक्त मुक्तिदाता हुनुहुन्छ । मानिसको भाषामा भन्ने हो भने, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, यूहन्ना ११:२७ तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ ।” मानिसले पाप गरेको कारण परमेश्वरले यो पृथ्वीमा श्राप ल्याउनु भयो तर उहाँको प्रेम मानिस प्रति अति नै थियो त्यसैले उहाँको मुक्तिको योजना बनाउनु भयो । मानिस पाप पछी पतन भयो र श्राप भित्रियो, उत्पति ३: १७ त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।18त्यसले तेरो निम्ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्। १९. माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।” २०.आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। २१.परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। २२. तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ। अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला।” २३. यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। २४. उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
परमेश्वरले योजना गर्नु भय अनुसार यो संसारमा मानिस रुपमा आउनु भयो । येशैया ९, अघि-अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्वर हुँ, र अरू कोही छैनँ। म परमेश्वर हुँ, मजस्तै अरू कोही छैन। १०. आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। उहाँ धर्तीमा आउनु भयो, यूहन्ना १:१, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। २.उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो ३. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।“ येशू नै परमेश्वर हुनुहुन्छ र उहाँले सबै लाई मुक्ति दिनु हुन्छ ।
हाम्रो ईश्वर ( देउता) र हामीलाई किन शैतान भन्नु हुन्छ ?